पंखाबारी सार्वजनिक भवनमा २२४ अनि २२५ बुथ लंगभ्यू कोठी डाँडा र पंखाबारीलाई लिएर द्वारे सरकार सञ्चालन गरियो। यसैक्रममा पंखाबारी स्कूलको पुरानो बिल्डिंगमा चाहिँ “हाम्रो गाउँ हाम्रो समाधान” योजना बारे कार्यक्रम आयोजना गरिएको थियो। जसमा खरसाङका बीडीओ अनि खरसाङ खण्ड पंचायत समिति चेयरम्यान अणु प्रधानद्वारा संचालन गरिदिएकोमा उहाँहरूलाई धन्यवाद ज्ञापन गरिएको छ। यसरी नै द्वारे सरकारमा खटिएका बिभिन्न बिभागका सरकारी अनि गैर सरकारी संस्था तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिएको सभासद कल्पना प्रधानले जानकारी दिएकी छिन्।
