सिटोङ -3 ग्रामपञ्च्यात अन्तर्गत कालिझोडा स्थित प्राईमेरी स्कूलमा बिहीबार राज्य सरकारद्वारा सचांलित द्वारे सरकार शिविर साथै हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम सम्पन्न भयो। शिविर खरसाङ खण्ड विकास सह अधिकारी देवाशिष मण्डलको देखरेखमा भएको थियोे। कालिझोडा सेवक अनि बीस माइल क्षेत्रका मतदाताहरुलाई लिएर आयोजना गरिएको उक्त शिवरमा सरकारको नयाँ योजना हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत हरेक बुथको १० लाखे विकास बजेटको पनि योजनाहरु बुझाउने कार्य गरियो। सरकारले यसवर्ष राज्यव्यापी रुपमा राज्यको ८० हजार बुथमा २७ हजारभन्दा बेसी द्वारे शिविर अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर आयोजना गरेर प्रत्येक बुथलाई रु० १० लाखको विकास बजेट प्रदान गर्ने घोषणा गरे। यस योजना अन्तर्गत उपस्थित ग्रामवासीले १० लाख भित्रको योजना बुझाउनु पर्छ अनि उक्त योजनाको तत्कालै अनुमोदन गरेर विभागीय पोर्टलमा अप्रसार गरिने प्रावधान रहेको छ भने यसरी द्वारे शिविरमा बुझाइएको सबै योजनाहरु चाँडै कार्यरुपमा परिणत गरिने सह खण्ड विकास अधिकारी देवाशिष मण्डलले जनाए।