IGJF campaign Darjeeling
IGJF campaign Darjeeling

हाम्रो पहाड तराई डुवर्स; हाम्रो भविष्य -इण्डियन गोर्खा जनशक्ति फ्रण्ट

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टले भनेको छ, आज हाम्रो पहाड़को रानी दार्जीलिङ एउटा ऐतिहासिक मोड़मा उभिएको छ। दशकौँदेखि हामीले केवल आश्वासन,अस्थिरता र राजनैतिक दाउपेच मात्र देख्यौं। अब समय बदलिएको छ। दार्जीलिङको माटोले अब अधिकार मात्र होइन,इमानदार नेतृत्व र वैचारिक स्पष्टता खोजिरहेको छ।

​किन आज परिवर्तन अनिवार्य छ?
​राजनीतिमा किन मुल्य-मान्यताको उठिरहेका छन् ? राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन,घरको चुल्हा जलाउने पेशा होइन ; यो समाज सेवा हो जसमा नैतिकताको पराकाष्ठाको बास होस्।अब हामी ‘व्यक्तिवाद’ बाट माथि उठेर ‘सामुहिक हित’ को मार्गमा हिँड्नपर्छ।
​युवा शक्ति र भविष्यमाथि किन खेलबाड़ भइरहेछ?अब हाम्रा शिक्षित युवाहरूले पलायन हुनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ।पहाडमै अवसर,उद्यमशीलता र आत्म-सम्मानको सिर्जना गर्नु हाम्रो प्राथमिक लक्ष्य हो।  भ्रष्टाचारमुक्त समाज निर्माण गर्न किन समयले माग गरिरहेछ ? पारदर्शी प्रशासन र जन-उत्तरदायी नेतृत्व नै हाम्रो मुल धर्म हो।तपाईँको एउटा भोट केवल एउटा प्रतिनिधि छान्नका लागि होइन,बरु एउटा स्वच्छ प्रणाली स्थापना गर्नका लागि हो। हामी राजनीति बदल्न आएका हौं,केवल नेता बदल्न होइन। हाम्रो लडाइँ राजनैतिक,सामाजिक,वैचारिक एवं व्यवहारिक परिवर्तनको लागि हो।
​निस्वार्थ सेवा नै सबैभन्दा ठूलो शक्ति हो। पहाडको समस्याको समाधान पहाडकै एकतामा छ।​जनताको आवाजलाई नै शासनको मूल आधार बनाइनुपर्छ।

​परिवर्तनको अपिल :
​हामी कुनै झुटो सपना बाँड्न आएका होइनौँ।हामी त तपाईँको साथमा बसेर एउटा सुन्दर,शान्त र विकसित दार्जीलिङ पहाड निर्माण गर्ने संकल्प बोकेर आएका छौँ। भय,लोभ र पुरानो संकीर्ण विचारलाई त्यागेर,अजय एडवर्डस,बन्दना राई ,भेर्नोन बिर्टो लेप्चा,निमेश सुन्दास,कृष्ण नन्द सिंहको हात बलियो बनाउँदै एउटा नयाँ र समृद्ध दार्जीलिङ पहाड़को निर्माणमा सहभागी बनौँ।
​परिवर्तन सम्भव छ ; त्यो परिवर्तन तपाईँबाटै शुरु हुँदैछ!

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

आजको रोजाइ