खरसाङ,22 जून(निसं):अ खरसाङ एथलेटिक क्लबका सदस्यहरूले अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा 8 किलो मिटर खुल्ला योगा म्यारथन दौढ़मा अंशग्रहण गरेका छन्। उक्त खुल्ला योगा म्यारथन दौढ़ ग्रमीण युथ स्पोर्ट्स डेभलपमेन्ट अकादामी, खोरीबारीले आयोजना गरेको थियो। खरसाङ एथलेटिक क्लबका अध्यक्ष दिपेन खवास, सचिव सन्दीप तामाङ, कोषाध्यक्ष कपील सुब्बा, वरिष्ठ सदस्य सञ्जय छेत्री, अर्का वरिष्ठ सदस्य 66 वर्षीय भूषण देवालले उक्त म्यारथन दौढ़मा अंशग्रहण गरेका थिए। सञ्जय छेत्रीले दिएका जानकारी अनुसार अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा स्वस्थ्य अनुशासन र शारीरिक सक्षमताको निम्ति उक्त खुल्ला म्याथन दौढ़को आयोजना गरिएको थियो। म्यारथन दौढ़मा खरसाङ एथलेटिक क्लबलाई अगावै निमन्त्रण प्राप्त भएकोले क्लबका सदस्यहरू सहभागिता जनाउनको निम्ति खोरीबारी पुगेका हुन्। छेत्रीले खरसाङ एथलेटिक क्लबले यसरी विभिन्न दौढ़ र प्रतियोगिताहरूमा अंशग्रहण गर्नको साथै खेलकुदलाई खरसाङ क्षेत्रमा अघि बड़ाउनको निम्ति कार्य गरिरहेको पनि बताएका छन्।
