जीर्ण मिनि मार्केटको व्यस्थापन अहिलेसम्म नभएको गुनासो

Share this news

खरसाङ,  (निसं) खरसाङ मोटर स्ट्याण्ड नजिकमा जीर्ण अवस्थामा रहेको मिनी मार्केट अथवा अग्रवाल स्टोरको उचित व्यवस्थापन गर्ने अथवा यसलाई भत्काउने कार्य अझसम्म नभएको स्थानीय मानिसहरूको गुनासो छ।

काठ अनि टीनद्वारा निर्मित उक्त मिनि मार्केट जीर्ण अवस्थामा पुगेको र यसको पछिल्तिरको भित्ता झर्न सक्ने अथवा भवन ढल्न सक्ने सम्भावना बनेपछि भवनदेखि मुनिको क्षेत्रमा बसिरहेका मानिसहरू चिन्तामा परेका छन्‌‍। यस मिनि मार्केटको काठको खाँबोहरू मक्किएको अवस्थामा रहेका छन्‌‍ भने माथिल्लो तलाको निम्ति लगाइएको काठको पटाइहरू मक्किएर झरेको छ। एक तर्फको छानु पनि उप्किएको अवस्थामा देखिएको छ अनि पछिल्तिरको भाग भत्किएर काठहरू झरिसकेको अवस्थामा रहेको छ।

यो मिनि मार्केटको पछिल्तिरको भित्ता झरेको अथवा ढलेको खण्डमा भवनदेखि मुनि रहेका कल्पना गुरुङ, सञ्जय छेत्री अनि अन्य दुई घर-परिवारका सदस्यहरूलाई निकै जोखिम हुने देखिएको छ। स्थानीय सञ्जय छेत्रीले बताए अनुसार यो मिनी मार्केटको अवस्था वर्तमानमा निकै जीर्ण बनेको छ। यसको पछिको भित्ता झर्न सक्ने अथवा जीर्ण अवस्थाको कारण यो घर हावा-बतास अथवा वर्षाकालमा ढल्न सक्ने सम्भावना रहेको बताउदै यो पुरानो अनि जीर्ण घरको व्यस्थापन चाँड़ो गर्न पर्ने आवश्यकता रहेको बताए। यसबाट हुन सक्ने जोखिमको बारेमा अवगत गराउँदै सुवेदार बस्ती ग्राम सुधार समितिले केही महिना अघि खरसाङ नगरपालिका कार्यालयमा लिखित गुनासो समेत दिइसकेको छ भनी तिनले थप बताए।

सञ्जय छेत्रीले भने, यो मिनी मार्केटको धेरै वर्षदेखि बन्द अवस्थामा रहेको छ। बन्द अवस्थामा त्यतिकै छोड़िएको यो भवन वर्तमानमा मक्किएर ढल्ने अथवा पछिको भित्ता झर्न सक्ने स्थितिमा पुगेको छ। पूर्ण रुपले काठ अनि टीनद्वारा निर्मित यो भवनको खाँबोहरू मक्किएको अवस्थामा रहेका छन्‌‍। माथिल्लो तलाको निम्ति लगाइएको काठको पटाइहरू पनि मक्किएर झरेपछि अझ जोखिमपूर्ण बनेको छ। भवनको पछिल्तिरको भाग झरेको अथवा भवन ढलेको खण्डमा म लगायत अन्य तीन परिवारलाई जोखिम हुनेछ। तिनले यो भवनको अवस्था र यसबाट हुनसक्ने जोखिमलाई हेरर भवन भत्काउन पर्ने बताए। तिनले सम्बन्धित निकायहहरूले पनि यस विषयमा ध्यान दिन पर्ने आश्यकता रहेको बताए। स्मरण गराइन्छ, यस जीर्ण भवनको अवस्थाको बारेमा हिमालय दर्पणले अगावै ध्यानाकर्षण गराइसकेको छ।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

आजको रोजाइ