मिरिककाे प्रतिष्ठित लुविस अंग्रेजी स्कूल भूतपूर्व विद्यार्थी संगठनले स्कूल स्थपना भएकाे पचास वर्ष पुगेकाे अवसरमा वर्षब्यापी स्वर्ण जयन्ती पालन गर्ने क्रममा आगमी 24 सेप्टेम्बरमा अन्तर विद्यालय दौड प्रतियोगिता गर्ने निधाे गरेकाे छ। उक्त जानकारी गराउँदै लुविस अंग्रेजी स्कूल भूतपूर्व संगठनका दिपेन गुरूङ अनि मिरिक रनर इनीसेटिभका संजय स्याङबाेले प्रतियोगिता अन्तर विद्यालय भए पनि खुल्ला दौड पनि हुने जसमा सबैले भाग लिन पाउने तर अन्तर विद्यालय प्रतियोगिताको विजेताहरूलाई पुरस्कार वितरण गरिने प्रावधान रहे पनि खुल्ला दौडमा भाग लिनेहरूलाई सित्थैमा टी सर्ट र प्रमाण पत्र वितरण गरिने बताए। आयोजकद्वयले उक्त दौडपछि स्वर्ण जयन्ती कार्यक्रमकाे शुरूवात गरिने जुन 24, 25, 26, अनि 27 सेप्टेम्बरसम्म विविध कार्यक्रमकाे साथमा आयोजन गरिने बताए। उक्त दौडमा सहभागी बन्न चाहानेहरूले 22 सेप्टेम्बरसम्म पन्जीकरण गर्न सक्ने बताए।
