भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दार्जीलिङ महकुमा समितिको एक महत्वपूर्ण सभा महकुमा समिति अध्यक्ष श्री आलोक कान्तमणि थुलुङको अध्यक्षतामा सम्पन्न भयो।
सभामा संगठनलाई थप सबल र प्रभावकारी बनाउन महकुमा समितिको केही पदमा नयाँ नियुक्ति तथा पदोन्नति गरिएको छ। जसमा
प्रमोद शर्मा उपाध्यक्ष (पदोन्नति), श्रीमती कुन्साङ गोले सह सचिव (पदोन्नति), विप्लव खम्बु राई सांगठनिक सचिव (पदोन्नति), उपकर राई सांगठनिक सचिव (नयाँ नियुक्ति) भएका छन्। जसलाई उक्त नियुक्ति तथा पदोन्नति पत्र दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङ, महा सचिव नोर्देन शेर्पा, भागोप्रमो केन्द्रीय समिति उपाध्यक्ष डी.के. प्रधान र महकुमा समिति नारी शक्ति अध्यक्षा श्रीमती प्रतिभा राईको बाहुलीबाट प्रदान गरिएका छन्। यस अवसरमा सदर–४ समष्टि अध्यक्ष पारस छेत्री, नगराध्यक्ष दिपेन ठकुरी, नगरपार्षद मुकुन्दराज बराईली, नितेश गुरुङ लगायतका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
