४ अक्टोबर २०२५ को दिन दार्जीलिङ पहाड , तराई अनि डुवर्समा आएको प्राकृतिक आपदाको कारण ज्यान गुमाएका परिवारहरुप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ साथै पार्टीको तर्फबाट सहानुभूति जनाउँदै गोरामुमो सदेव साथमा रहेका छौं। यस्तो बिकट परिस्थितिमा पनि राज्यसरकारद्वारा राज्य प्राकृतिक आपदा घोषणा नगर्नु धेरै दुख अनि खेदपुर्ण कुरा हो। भारत देशको प्रधानमन्त्री अनि गृहमन्त्रीद्वारा सहानुभूति मात्र जताइएको छ। यस्तो विकट परिस्थितिमा राज्य अनि केन्द्र सरकारले प्राकृतिक आपदा घोषणा गर्दै यथाशीघ्र सहयोग पुर्याउने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा प्रवक्ता वाई लामाले अपिल गरेका छन्।