संसदीय अनुसन्धान PRS द्वारा नयाँ दिल्लीमा आयोजित दुइ दिवसीय ऊर्जा र वातावरणमाथि राज्य विधायकमण्डलका लागि ऊर्जा र वातावरण सम्बन्धी राष्ट्रिय कार्यशाला आज समापन भयो। सिक्किम विधानसभाका माननीय सदस्यहरूले यो कार्यशालामा सहभागिता जनाएका थिए, जसमा आदित्य गोले तामाङ, डिले नाम्ग्याल बर्फुङ्पा, एरुङ तेन्जिङ लेप्चा, श्रीमती कला राई, मदन सिन्चुरी, श्रीमती पामिन लेप्चा, सोनाम छिरिङ भेनचुङ्पा र सुदेश कुमार सुब्बा रहेका छन्। समापनमा, कार्यशालाले जल संसाधन व्यवस्थापन – समस्याहरू र दृष्टिकोणहरू, वातावरणीय नीतिहरू र नियमहरू – रूपरेखा र चुनौतीहरू अनि भारतमा दिगो यातायात – प्रभाव र पूर्वाधार विषयहरूमा छलफल गरेको थियो।
