हालै अभिनेत्रीले आफ्नो वैवाहिक जीवनबारे सनसनीपूर्ण खुलासा गरेकी थिइन् । गत वर्ष अक्टोबरमा भएको विवाहलाई लिएर उनी चर्चामा आएकी थिइन् । सुरभि र सुमितले उत्तराखण्डस्थित जिम कर्बेटको आहाना रिसोर्टमा विवाह गरेका थिए । विवाहपछि दम्पती एउटै घरमा बसे पनि उनीहरूको कोठा भने छुट्टाछुट्टै थियो ।
पिंकभिल्लालाई दिएको एक अन्तरर्वार्तामा ज्योतिले सुमितसँगको आफ्नो वैवाहिक जीवनबारे खुलेर कुरा गरिन् । कोठा छुट्टाछुट्टै बनाउने निर्णय आफूहरू दुवैले मिलेर लिएको उनले त्यस क्रममा बताएकी थिइन् । ‘उनी घरबाट काम गर्थे, अनि म पनि सुटिङ नभएको वेला घरबाटै काम गर्छु । बाहिर जान हाम्रो खासै काम हुन्नथ्यो, घरमै हामी धेरै खुसीका साथ रहन्छौँ । हाम्रो घरमा हामीले आफ्नो रोजाइअनुसार फरक–फरक कोठा राखेका छौं,’ उनले भनिन्, ‘किनभने उनले आफ्नो जीवनको अधिकांश समय एक्लै बिताएका छन् । मेरो पनि त्यस्तै थियो । यस्तो दुर्लभै होला । तर यस्तो पनि हुन्छ ।’