जीटीए मुख्य कार्यपाल अनित थापाले नेपाली भाषा दिवस समारोहमा पनि नेपाली अकादमी स्थापना गर्ने कुराको घोषणा गरेको थिए। यसलाई टेवा दिंदै उनले नेपाली अकादमी भवन निर्माण कार्यको स्थलगत भ्रमण गरे। निर्माण कार्यलाई आगामी मार्च 2026 भित्र पूर्ण गर्ने लक्ष्य राखेर अधुरो निर्माण कार्यलाई निरन्तरता दिनेउनले बताए। निर्माण कार्य जुन रफ्तारमा चल्नु पर्ने थियो त्यसरी चलेको छैन। आज इन्जिनियर्स, आर्किटेक्टहरूसँग बसेर भवन निर्माण माथि मूल्याङ्कन गरेको थापाले बताए।
जीटीए सम्झौतामा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्दनका लागि नेपाली अकादमी स्थापना गर्ने व्यवस्था छ। त्यसै सम्झौताको आधारमा केही वर्ष पूर्व अकादमी भवन निर्माण कार्यको सुरुवात भएको थियो। दार्जीलिङ्ग हिल कार्ट रोड स्थित पुरानो गोयनका स्कूल परिसरमा नेपाली अकादमी भवनको निर्माण भइरहेको उनले बताए। जीटीए प्रमुखले अमर लामा, अनोस थापा अनि विजय कुमार राईलाई भवनमा चाहिने बुनियादी कुराहरूको सूची तयार गर्ने साथै अन्य कार्यको अभिभारा सुम्पेका छन्। भवन निर्माण भएर मात्र नेपाली अकादमीको स्थापना हुँदैन। यसको निम्ति अकादमी स्थापना हुनु अनिवार्य रहेको बताएका छन्।
