बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाले सडकहरू जलमग्न भएका छन् भने विभिन्न स्थानमा साना पहिरो खस्दा आवागमनमा अवरोध उत्पन्न भएको छ। विशेषगरी नयाँ बानेश्वर, कलंकी, बालाजु र चाबहिल क्षेत्रमा ट्राफिक जामले सर्वसाधारणलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ। मौसम विभागले आगामी दुई दिनसम्म अझै भारी वर्षा हुने सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।