मिरिक नगरपालिका कार्यावयका सफाई कर्मचारीहरू अनि स्थानीय पथ पसलेहरूले मंगलबार मिरिक झीलमा व्यापक सफाइ अभियान चलाए। झीलको एक भागमा सोमबार केही माछाहरू मरेको अवस्थामा देखिनका साथै धेरै फोहोर थुप्रिएको देखिएको थियो। जसलाई केन्द्र गरेर मंगलबार मिरिक नगरपालिकाका सफाइ कर्मचारीहरू अनि स्थानीय पथ पसलेहरूले संयुक्तरूपमा सफाइ अभियान चलाएको बताइएको छ। यसक्रममा झीलमा मरेका माछाहरूलाई उचित स्थानमा ब्यवस्थपन गरिएको छ भने फोहोरहरूलाई संग्रह गरेर मिरिक नगरपालिकाको गाडीले उचित स्थानमा तह लगाएको छ।
