सिक्किम सरकारको सार्वजनिक स्वास्थ्य इञ्जिनियरिङ, पानी स्रोत र धर्म विभागका मन्त्री सोनाम लामा आज राजभवनमा उपस्थित भए। जहाँ उनले राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरे। यो कार्यक्रममा मङ्गन जिल्लाका अतिरिक्त राजनीतिक सचिव फूर्बा भुटिया पनि उपस्थित थिए। भेटघाटको क्रममा मन्त्री लामाले परम्परागत रुपमा राज्यपाल माथुरलाई सेप्टेम्बर ७ तारीखमा हुने पाङ लाम्बसोल समारोहमा उपस्थित हुन निमन्त्रणा दिए। राज्यपाल माथुरले निमन्त्रणा स्वीकार गर्दै समारोहको सफलताको लागि शुभकामना व्यक्त गरे।
