Mhemhe of Baghmara is no more

बाघमाराका 104 वर्षीय बौद्ध धर्म गुरु स्याङ्देन म्हेम्हे रहेनन्

Share this news

तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार बाघमारा निवासी 104 वर्षीय बौद्ध धर्म गुरु स्याङ्देन म्हेम्हे (चन्द्रवीर लामा) को निधन भएको छ। उनी बाघमारा बस्तीमा रहेको झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाको‌ा संस्थापक र प्रमुख थिए। उनको जन्म सन् 1921 मा भएको थियो। उनी बज्रयानाको प्रमुख लामा रहेका थिए। उनको निधन बिहीबार राति 10.30 बजीतिर भएको थियो। उनले आफूपछि चारजना छोराहरु र तीनजना छोरीहरु साथै नाता नातिनीहरु र पनाति पनातिनीहरु छोडी गएका छन्। उनको अन्तिम संस्कार आगमी सोमबार गरिने भएको छ। स्याङ्देन म्हेम्हेको निधन भएपछि लगातार रुपमा बौद्ध धर्म अनुसार दीप प्रज्ज्वलन र पूजा पाठ – सिठी पाठ भइरहेको जानकारी प्राप्त भएको छ। उनको निधनपछि सिलगढीको मिलनमोडबाट वरिष्ठ लामा, खरसाङको मन्टिभियटबाट प्रमुख गुरु प्रताप लामा र टोली उपस्थित भएका छन्। त्यसरी नै तीनधारेको पद्ममा छ्योलिङ म्हाणिपा संघका आनीहरुद्वारा म्हाने मोलम‌ गरिरहेको जानकारी प्राप्त भएको छ। स्याङ्देन म्हेम्हेको निधनमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, कर्माध्यक्ष दावा वाङ्दी लामा, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ, दिपेन्द्र तामाङ, बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे लगायत स्थानीयहरु र अन्यले श्रध्दाञ्जली अर्पण गरेका छन्। उनको निधनमा जीटीए प्रमुख अनित थापा, दार्जिलिङका सांसद राजु विष्ट, खरसाङका विधायक बीपी बजगाईं आदिले पनि समाजिक सञ्जालमा फोटो सेयर गरेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

 


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न