उत्तर बंगालका चिया बगान श्रमिकहरूको अधिकार र सम्मानका पक्षमा सशक्त आवाज उठाउँदै हिमालयन एन्ड हिन्दुस्तानी टी एन्ड डेभलपमेन्ट को-अपरेटिभ स्टाफ सोसाइटी (HHTDCSS) को एक प्रतिनिधिमण्डलले पश्चिम बंगाल सरकारको श्रम विभागका उप–श्रम आयुक्तलाई डागापुर, सिलगुड़ स्थित कार्यालयमा एक ज्ञापनपत्र बुझाएको छ।
प्रतिनिधिमण्डलको नेतृत्व प्रमुख नेतृत्वगण क्रमैले डी.के. गुरुङ (अध्यक्ष, केन्द्रीय समिति), राजेश लाकरा (कार्यवाहक अध्यक्ष, डुवर्स क्षेत्र), डा. जोय प्रफुल (महासचिव, डुवर्स क्षेत्र), र आयुष अधिकारी (प्रतिनिधि, तराई–सिलिगुड़ी क्षेत्र) ले गरेका थिए। उनीहरूका साथमा वरिष्ठ पदाधिकारीहरू र आधारभूत स्तरका सदस्यहरू पनि थिए।
