ग्राम सुधार समिति, उजेरी बस्तीद्वारा ज्ञापन-पत्र

Share this news

खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १९ स्थित उजेरी बस्तीका ६६ घरधुरीलाई समेटेर गठित ग्राम सुधार समितिका प्रतिनिधिहरूले शुक्रबार नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई भेट गरी विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्रमा हाउसिङ फर अल योजनाको रकममा देखिएको अनियमितता, स्वच्छ पेयजल उपलब्धताको अभाव, सडकको मरम्मति, ग्रामवासी धिरज पहरीको घर छेउको पैह्रोको जोखिम, क्याच ड्रेनको निर्माण आवश्यकताजस्ता विषयहरू स्पष्ट रूपमा उठाइएको जानकारी प्राप्त भएको छ। त्यस्तै स्ट्रीट लाइटको संख्या वृद्धि गर्नुपर्ने आवश्यकता पनि समितिले औँल्याएको छ। भेटपछि ग्राम सुधार समितिका पदाधिकारी लाक्पा लामा र सन्तोष पहरीले नगरपालिकाको तर्फबाट सकारात्मक आश्वासन प्राप्त भएको जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार