भारतीय गोर्खा परिसंघको एउटा टोलीले बुधबार सांसद राजु विष्टलाई एक ज्ञापन-पत्र सुम्पेको छ। दिल्लीमा अवस्थित सांसद कार्यालयमा टोलीले उत्तरपूर्वी श्रेत्रमा बस्ने गोर्खाहरूको विभिन्न मुद्दा, उत्तर प्रदेशमा ओबीसीको मुद्दा र दार्जीलिङको जमिन मुद्दालाई समाधान गराइदिने ज्ञापनमा माग गरेका छन्। टोलीमा भारतीय गोर्खा परिसंघका राष्ट्रीय अध्यक्ष नित्यानन्द उपाध्याय, भागोप उत्तर प्रदेशका साङगठनिक सचिव रवि विश्वकर्मा, भागोप दिल्लीका महासचिव र सीपीसी प्रकाश प्रधान, कार्यकारी सदस्य पङ्कज उपाध्याय सामेल थिए।
ज्ञापन-पत्रमाथि सांसदले ध्यान दिंदै उत्तर प्रदेशका गोर्खाहरूले उनलाई पत्र लेखे मुख्यमन्त्री योगीसङ्ग कुरा गर्ने बताए। यसरी नै उत्तरपूर्वी गोर्खाहरूलगायत दार्जीलिङको समस्यामाथि पनि सम्बन्धित सङ्गठनहरू अनि विभागसङ्ग कुरा गर्ने आश्वासन दिएका छन्।
