स्यामादेवि भवनमा शनिबार शहीद परिवारलाई लिएर दोस्रो बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता निरियश मुखियाले गरेका छन्। कालेबुङका विभिन्न क्षेत्रबाट आएका सहिद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। उनीहरूले आफ्ना–आफ्ना मन्तव्य राख्दै १९८६ सालमा शहीद बनेका शहीद परिवारले आजसम्म राज्य वा सरकारबाट कुनै सुविधा वा लाभ नपाएको पीडा पोखेका थिए। एक महिला सदस्यले भावुक हुँदै, “हामीलाई केवल शहीद दिवसको दिन मात्र सम्झिन्छन्, तर वास्तविक सहयोग आजसम्म प्राप्त भएको छैन,” भन्ने धारणा राखिन्। साथै उपस्थित सदस्यहरूले शहीदहरूको सम्मानपूर्वक सम्झना गर्दै शहीदको नाउँमा कुनै प्रकारको राजनीति नगर्न सबैसँग अपील गरेका छन्।
स्मरण रहोस यस वर्ष गोर्खा गौरव संस्थान द्वारा शहीद दिवशको दिन सहिदहरूको परिचय र विवरण समेटिएको पुस्तक प्रकाशित गरिएको थियो। सोही कार्यक्रम मा शहीद परिवारका सदस्य समाजसेवी निरियेश मुखियाको सकारात्मक पहलमा शहीद परिवारलाई एकजुट बनाउन पहल सुरु गरिएको थियो। सोही अनुरूप शनिबार दोस्रो सभा सम्पन्न गरिएको हो। शहीद परिवारलाई एकजुट बनाउन नितान्त आवश्यक रहेको भन्दै उनले यसको एउटा संगठन खडा गर्ने उनले आह्वान गरेका छन्।
