तीनधारे महानदी समष्टिको मालुटारमा शहीद दिवस पालन

Share this news

तीनधारे महानदी समष्टिको मालुटार चियाबारीस्थित पाङ्रेखोलामा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा शहीद दिवस पालन गरिएको थियो। उक्त शहीद दिवस कार्यक्रम मालुटार खण्ड समितिको सभापति नरेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई प्रह्लाद छेत्रीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण सर्बिन तामाङले राखेका थिए। मालुटार चियाबारीको पाङग्रेखोलामा रहेको यस क्षेत्रको शहीद गोबिन रसाइलीको शहीद वेदीमा श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दिपेस तामाङले गीत प्रस्तुत गरेका थिए भने शहीदका परिवारहरुलाई सम्मान जनाइएको छ। विशेष गरी गोबिन रसाइलीको परिवार हालमा दिलराम क्षेत्रमा बस्ने भएकोले कार्यक्रममा सिपाहीधुराको शहीद मणिकुमार थापाकी पत्नी विष्णु थापालाई सम्मान जनाइएको थियो। कार्यक्रममा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान र पञ्चायत समिति सदस्या अनिरा वाईबाले वक्तव्य राखेका थिए। कार्यक्रममा उप प्रधान अम्बिका देवान, पञ्चायत समिति सदस्या दिक्षा छेत्री, पञ्चायत सदस्याहरु मणिका लामा, सिर्जना छेत्री, बिक्की पाख्रिन लगायत भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति कुमार छेत्री, बुथ सभापति डीबी सुब्बा, कमल सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए।‌ कार्यक्रममा धन्यवाद ज्ञापन पञ्चायत समिति सदस्या अनिरा वाईबाले राखेकी थिइन्।


Share this news
आजको रोजाइ
भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको कार्यालय भवनको शिलान्यास

भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको कार्यालय भवनको शिलान्यास

खरसाङ एडभोकेट एसोसिएशनद्वारा विदाई एवम्‌‍ स्वागत कार्यक्रम

खरसाङ एडभोकेट एसोसिएशनद्वारा विदाई एवम्‌‍ स्वागत कार्यक्रम

विभाग मौन रहेपछि बोङबस्तीमा गाउँलेले सड़क मर्मत आफैँ गरे

विभाग मौन रहेपछि बोङबस्तीमा गाउँलेले सड़क मर्मत आफैँ गरे

ओपीडी कक्षमा गुनासो एवं परामर्श डेस्कको थालनी

ओपीडी कक्षमा गुनासो एवं परामर्श डेस्कको थालनी

खरसाङमा तीन दिवसीय कलाकार कार्यशाला आरम्भ

खरसाङमा तीन दिवसीय कलाकार कार्यशाला आरम्भ

तीनधारे महानदी समष्टिको मालुटारमा शहीद दिवस पालन

तीनधारे महानदी समष्टिको मालुटारमा शहीद दिवस पालन

तीनधारे महानदीको घैयाबारीमा शहीद दिवस पालन

तीनधारे महानदीको घैयाबारीमा शहीद दिवस पालन

करवीर चिया बगानमा चितुवा लगायत अन्य जंगली जनावरको आतंक

करवीर चिया बगानमा चितुवा लगायत अन्य जंगली जनावरको आतंक

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

कवि विकास गोतामेलाई विभिन्न साहित्यिक संघ-संस्थाले स्मरण गर्दैछन्

कवि विकास गोतामेलाई विभिन्न साहित्यिक संघ-संस्थाले स्मरण गर्दैछन्