भागोप्रमो, पंखा-लङ्भ्यू-अम्बटेद्वारा शहीद दिवस पालन

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, पंखाबारी,अम्बटे लङ्भ्यू समष्टिको आयोजनामा आइतवार लङ्भ्यूको केराबारीस्थित शहीद निमा थिङ अनि शहीद स्वरूपसिंह लकान्द्रीको शहीद वेदीमा शहीद दिवस पालन गरियो। कार्यक्रमको आरम्भमा समष्टि लगायत खरसाङ महकुमा अनि केन्द्रिय समितिका प्रतिनिधि अनि पार्टी सदस्यहरू लगायत उपस्थित सर्वसाधारण तथा शहीद परिवारका सदस्यहरूले शहीद वेदीमा धूप-दीप प्रज्वलन एवम् माल्यार्पण तथा पुष्प अर्पण गरे। त्यसपछि यहाँको गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। भागोप्रमो अधिनस्थ श्रमिक सङ्गठन, मकैबारी शाखा सभापति तथा केन्द्रिय समिति सदस्य मण्डल छेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय कार्यकारी सभासद कल्पना प्रधान, समष्टि सभापति तथा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, केन्द्रिय समिति सदस्य तथा सन्त मेरिज तीन ग्राम पञ्चायत उपप्रधान सन्तोष तामाङ, युवा शक्ति केन्द्रिय समिति उपाध्यक्ष अनुप गदाल, सदस्य सञ्जीव छेत्री, खरसाङ महकुमा प्रवक्ता अनुप रामुदामु लगायत समष्टिका अन्य प्रतिनिधिगण, विभिन्न शाखाका प्रतिनिधिहरू, ग्राम पञ्चायत प्रधानहरू, पञ्चायत सदस्यहरू, समिति सदस्यहरू लगायत पार्टीका विभिन्न भातृ संगठनका सदस्य एवम् प्रतिनिधिहरू उपस्थित थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान