तीनधारे महानदीको घैयाबारीमा शहीद दिवस पालन

Share this news

गोर्खाल्याण्ड आन्दोलनका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्नलाई तीनधारे महानदी समष्टिको घैयाबारीमा शहीद दिवसको कार्यक्रम आयोजन गरिएको थियो। उक्त समारोह पूर्व पार्षद आइएन प्रधानको अध्यक्षतामा र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। बिपना विश्वकर्मले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले राखेका थिए। यस अवसरमा घैयाबारीको शहीद वेदीमा शहीदहरूलाई सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए। यस अवसरमा घैयाबारी क्षेत्रबाट शहीद भएका शहीदहरु क्रमैले महेन्द्रनारायण प्रधान, शिवराज थापा, लवाङ तामाङ, मधुकर थापा र कृष्ण जोगीको परिवारलाई सम्मान् जनाइएको थियो। शहीद दिवस समारोहमा कवि मिलन प्रधान साथै विद्यार्थीहरूले कविता वाचन पनि गरेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान