भारतीय गोर्खा परिसंघ दिल्ली शाखाद्वारा दिल्लीको मौलाना आजाद मेडिकल कलेजको शहीद उद्यान र संसद परिसरमा ८२औँ बलिदान दिवस पालन गरियो। कार्यक्रमको अध्यक्षता भागोप दिल्ली सभापति शिव छेत्रीले गरेका थिए। यसक्रममा राष्ट्रीय अध्यक्ष, नित्यानन्द उपाध्याय, दिल्लीका पदाधिकारीहरू
सभापति छेत्रीलगायत सचिव, प्रकाश प्रधान, उत्तम छेत्री, मनोज शंकर, श्रीमती निशा वर्मा, श्रीमती प्याट्रिसिया निकोलस, कर्णेल सुकुल प्रधान अनि विभिन्न संस्थाका पदाधिकारीहरूले शहीदलाई श्रद्धाञ्जली चढाएका थिए।
