टुंगो सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप चियाबारीको पक्का लाइन ग्राम सुधार समितिद्वारा क्षेत्रीय सभासद नुरी शेर्पालाई सम्बर्द्धना जनाएको छ। यस कार्यक्रममा सभासद नुरी शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा दिपेन भुजेल अनि समाजका पदाधिकारीहरु उपस्थित रहेका थिए। यस अवसरमा सभासद नुरी शेर्पाले समाजको वाल निर्माण गरि दिएकोमा आभार प्रकट गरेका छन्। यस अवसरमा पक्का लाईन ग्राम सुधार समितिको सभापति विनय कोटी र सचिव सुनिल थामीले समाजको तर्फबाट टुंग सन्त मेरिज समष्टिकाा सभासद नुरी शेर्पालाई सम्बर्द्धना जनाइएको हो।
