मिरिकको घैयाबारी मलाबाँसे ठेकेदार संगठनले पीडब्ल्युडी अन्तर्गतका कामहरूमा स्थानीय ठेकेदार र कामदारलाई प्राथमिकता दिनुपर्ने मागमा 12 अगस्त, मंगलबारको दिन गाडीधुरा–मिरिक सिमाना सडकमा डाकेको बन्द स्थगित गरेको छ। संगठनका पदाधिकारीहरू अनि मिरिक महकुमा प्रशासन माझ भएको एउटा सभापछि संगठनले उक्त बन्द स्थगित गर्ने घोषणा गरेको छ। संगठनका अध्यक्ष बिदुर गुरूङ अनि सचिव मदन तामाङले बन्द स्थगित गरेकोबारे जानकारी गराउँदै संगठनको मागप्रति मिरिक महकुमा प्रशासनले सम्बन्धि ब्याक्तिहरूसित कुरा गरि समस्याको समधानको बाटो खोजी निकाल्ने अनि आगमी स्वतन्त्रता दिवस कार्यक्रमलाई ध्यानमा राखेर शान्ति श्रृङखला कायम राख्ने बताएपछि आगामी 20 अगस्तसम्म बन्द स्थगित गरिएको बताए।
