आफ्नो खेलकूद तालिका अनुरुप विभिन्न खेलकूद प्रतिस्पर्धाको आयोजना गर्ने खरसाङ महकुमा खेलकूद संघले आगमी १६ सोम्बम्बरदेखि दुई स्तरीय बोइज अण्डर 14 लीग कम नक आउट फुटबल प्रतियोगिता अनि गर्ल्स ओपेन नक आउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यी दुवै प्रतियोगिता सेभेन साइड रहनेछ भने यो सबै खेलहरु डब्ल्युबीएनभीएफ मैदानमा हुने भएको छ। यसको फाइनल खेल भने आगामी 28 सेप्टेम्बरको दिन हुने भएको छ। यी प्रतियोगिता विषय मङ्गलबार खरसाङ महकुमा खेलकूद संघको सभा संघको कार्यालयमा सम्पन्न भयो। सभामा यी प्रतियोगिताको तयारीलाई लिए विस्तृत चर्चा गरियो। ज्ञात रहोस् खरसाङ महकुमा खेलकूद संघ यी प्रतियोगिताहरू विगत १० वर्षदेखि लगातार रुपमा भइरहेको छ। उक्त सभा र प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।
