लङभ्यू चिया बगानका कर्मचारीहरूले 5 महिनादेखि वेतन पाएका छैनन्। आजसम्म बोनस पनि दिएको छैन। दसैँ आइसक्यो तर बगानका कर्मचारीहरूले न त वेतन पाए न त बोनस। प्रबन्धक एपी सिंहले बारम्बार झुट बोलेर आज बगानको अवस्था लथालिङग भइसकेको छ। आज कर्मचारीहरूले प्रबन्धकसंग भेट गरेर वेतन र बोनसको कुरा राखे तर के कम्पनीले कर्मचारीहरूको माग पुरा गर्ला भन्ने कुरामा निश्चितता भने छैन।
