बाटो प्वाल पर्दा खरसाङ टुरिस्ट लज-सिलगढी रोड बन्द

Share this news

खरसाङ नगरपालिकाको वार्ड नम्बर 9 अन्तर्गत सुधपा टोल क्षेत्रको रोडमा शुक्रबार ठूलो प्वाल परेपछि खरसाङको टुरिस्ट लजदेखि सिलगढी जाने बाइपास रोड बन्द भएको छ। विशेष गरेर खरसाङ बजारमा आउन अघि टुरिस्ट लजदेखि कप्तान सुरज शर्मा पथ भएर पंखाबारी रोड हुँदै सिलगढी जाने रोड सडकको यो अवस्थाको कारण बन्द गरिएको छ।‌ यो बाइपास रोडमा टुरिस्ट लजमुनितिर झोडा नजिक रहेको रोडमा प्वाल पर्नुको साथै झोडाले रोडको अरु भाग पनि तान्न लागेको देखिएको छ, जसको कारण पुलिस प्रशासनले यस रोडमा गाडीहरु कुदाउन बन्द गरेको छ।‌ उक्त रोडको निरीक्षण गर्नलाई 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा पुगेका थिए। उनले यस रोडको निरीक्षण गरेर जीटीए प्रमुख कार्यपाल अनित थापालाई जानकारी गराएर सम्बन्धित विभागसित बसेर कार्य थालि हाल्ने निर्देशन दिइएको सभासद श्याम शेर्पाले बताए।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार