क्यारम बोर्ड प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न

Share this news

खरसाङ,24 जून(निसं)ःअ खरसाङमा हुन गइरहेको क्यारम बोर्ड प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 28 र 29 जूनको दिन हुन लागेको दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिताको डबल्स र सिंगल्सको लागि प्रतियोगीहरु आईरहेको र यसपाली खेल भईरहेको समय स्पट इन्ट्री नदिने निर्णय गरिएको छ। सभामा उक्त क्यारम बोर्ड प्रतियोगिताको लागि इच्छुकहरुले 27 जूनको 2-3 बजीसम्म इन्ट्री पाउने तर 27 बेलुका फिक्चर बनिएपछि इन्ट्री नपाउने भएको छ। सभामा यस दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिता विषयमा नियमहरु पनि बनाइएको जानकारी प्राप्त भएको छ। सभापछि दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलूद संघको सचिव निर्मल गुरुङले आगामी 28र 29 जून 2025 मा दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृतिक्यारम बोर्ड प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको बताएका छन्। उनले उक्त दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिताको नियमहरु बनाइएको अनि इच्छुकहरुले 27 जून दिउँसो 2 -3 बजीभित्र नाम दिनु पर्ने बताउँदै यसपाली स्पट इन्ट्री नदिने निर्णय गरिएको जानकारी गराएका छन्। उनले खरसाङ महकुमा खेलकूद संघको वर्षभरिको खेलकूद क्यालेण्डर अनुसार विभिन्न खेलहरु वर्षभरि नै आयोजना गर्ने गरिएको र त्यसै अनुसार गत वर्ष झैं यसपाली पनि दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता आयोजना गरिएको बताएका छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न