Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

मैले घाँसीबाट प्रेरणा पाएको हुँः क्रिस्पियन छेत्री

Share this news

खरसाङ, 9 जुलाई (निसं)ः म आदि कवि भानुभक्तको कविताको घाँसीबाट प्रेरित बनेको हुँ, जन्म घाँसतिर मन दिइ धन कमायो भन्ने कविताबाट विद्यालयमा शिक्षक प्रेम थापा सरले यो परीक्षामा आउँछ है भनेर रट्न लगाउथे। भानु भक्तको यो कविता रटेर नै मैले केही गर्ने अठोट गरेको हो भन्न पर्छ भनी भारतको राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पियन छेत्रीले उक्त मन्तव्य प्रकट गरेका हुन्। तिनले खरसाङ फुटबल एसिसेशनद्वारा यहाँको टुरिष्ट लजमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै अघि भने, खरसाङ फुटबल क्लब विशेष फुटबल खेललाई अघि बढ़ाउनको निम्ति गठन गरेका हौँ। हामीले सिनयरलाई भन्दा जुनियरहरूलाई प्राथमिकता दिने उद्देश्य राखेका थियौँ। आज एसोसिएशनहरू त थुप्रै छन् तर हामीले फुटबलको निम्ति केही गरेका छैनौँ। अहिले भरखर शुरुवात भएको छ, विशेष गोर्खे चेली शुरु गरेर फुटबल खेललाई अघि लैजानको निम्ति कार्य आरम्भ भइरहेको छ। वर्तमानमा खरसाङ फुटबल एसोसिएशन चलाइरहेका अग्रजहरूले हामी फुटबल खेल्दा सहयोग गर्ने गर्थे अहिले उनीहरूले एसोसिएशन चलाइरहेका छन्। छेत्रीले अघि भने, मान्छे भएपछि सपना देख्नु महत्वपूर्ण कुरो रहेछ। मलाई अग्रजहरूले फुटबलको क्षेत्रमा लगे, मैले प्रोत्साहित भएर यो पथ चयन गरे। खेलकुदको क्षेत्रमा असफलता भन्ने कुरो हुँदैन, रोनाल्डोले कुनै विश्‍वकप जितेनन् तर तिनी असफल खेलाड़ी होइनन्। स्पोर्ट्सले असफलता स्वीकार गर्न सिकाउछ, हामीले सिक्दै जान पर्छ असफलताहरूको सामना गर्दै जान पर्छ। असफलताले हामीलाई कसरी अघि बढ़नु पर्छ भन्ने सिकाउछ। हामी जहिले पनि अघिको सोचेर हिँड़न पर्छ। हामी गोर्खे हार्न डराउदैनौँ, हामी जे भए पनि संघर्ष गरेर अघि बढ़छौँ। मैले पनि हार्नु डराइन, सकारात्मक सोच आफूमा ल्याएँ। मलाई जब प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइयो त्यस समय मैले मलाई यस्ता खेलाड़ीहरू चाहिन्छ, जो मेरो देशको निम्ति खेल्न आतुर होस, नाम र प्रशिद्धिको निम्ति होइन भने। मैले नयाँ युवा खेलाड़ीहरूलाई लिएर शुरु गरेँ। हामीले जोर्डन, कोरिया र रुससित मैत्रीपूर्ण खेलहरू खेल्यौँ, जोर्डनलाई त हामीले हराउयौँ। हामी एएफसी खेल्न जाँदैछौँ तर अझ पनि कोरिया, रुसलाई जित्छौँ भनेर नसोच्दा हुन्छ। महिला फुटबलले गर्दा अहिले देशमा फुटबलप्रति सकारात्मक सोच बनेको छ। एएफसीमा जम्मा 12 वटा टीम क्वालिफाइ भएका छन्। यी टीमहरूलाई 4-4 वटा टीममा भाग गरेर खेलाइनेछ, यस टुर्नामेन्टका उत्कृष्ट 2 टीमले विश्‍वकपको निम्ति क्वालिफाई गर्नेछन्, यो ठूलो मैका हो। हामीमाथि गतिलो चुनौती छ। हामीले जापान, कोरियासित खेल्दैछौँ। यसबाट हामीले धेरै कुरो सिक्नेछौँ। यसको नजिता तत्कालन नदेखिए तापनि आगमी समयमा अवश्यै देखिने छ। आगामी दिनमा हामी विश्‍व कपको निम्ति क्वालिफाई गर्छौँ होला र यही मेरो सपना पनि छ। हिरने त्रिखत्रीले सञ्चालन गरेका यस कार्यक्रममा खरसाङ फुटबल एसिसिएशनका अध्यक्ष नर्बू शेर्पाले स्वागत वक्तव्य राखेका थिए। कार्यक्रममा क्रिस्पियन छेत्रीलाई खदा लगाएर फूलको गुच्छा, फूलको गमला प्रदान गरेर एसोसिएशनका अध्यक्ष नर्बू शेर्पा, सचिव सुदीप राई अनि अन्यान्यको बाहुलीबाट सम्मान जनाइएको थियो। यस कार्यक्रममा जीटीएका मुख्य कार्यपाल अनित थापा पनि उपस्थित रहेर क्रिस्पियन छेत्रीलाई खदा लगाएर सम्मान जनाए अनि बधाई र शुभकामना दिए। तिनले छेत्रीसित केही समय कुराकानी पनि गरे। कार्यक्रममा दिल्ली विश्‍वविद्यालयका प्राध्यपक एवं पूर्व फुटबल खेलाड़ी डा. विनु सुन्दास, टाइम्स अफ इण्डियाका पूर्व सम्पादक केशव प्रधान, कञ्चनजङ्घा फुटबल क्लबका मुख्य प्रशिक्षक एवं पूर्व फुटबल खेलाड़ी दिन्कर छेत्रीले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा एसोसिएशनका सचिव सुदीप राईले जीटीए मुख्य कार्यपाल अनित थापा, खरसाङ टुरिष्ट लजका म्यानेजर प्रवीण प्रधान, सन्त एन्थोनीस स्कूलका प्रिन्सिपल चेतन तिवारी, मिडिया कर्मीहरू सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या