खरसाङ रेञ्चबाट एक महिना भित्रमा तीनवटा किङ कोब्रा उद्धार

Share this news

खरसाङ,21 जून (मोहन प्रसाद): खरसाङ स्थित अम्बोटे चिया बगानबाट वन विभागको खरसाङ रेञ्जका वनकर्मीहरूद्वारा शुक्रवार बेलुकी लगभग 10 फीट लामो किङ कोब्रा उद्धार गरिएको छ। खरसाङ वन विभागका खरसाङ रेञ्ज अधिकारी सम्ब्रत साधुले जनाए अनुसार शुक्रवार अमबोटे चिया बगानको एउटा घरमा किङ कोब्रा देखिएको खबर पाए पछि लगत्तै वन विभाग खरसाङ रेञ्जका वनकर्मीहरू रोशन थापा अनि सुयोक प्रधान घटना स्थलमा पुगे। घटना स्थलमा पुगेर यी वनकर्मीहरूले लगभग 10 फीट लामो किङ कोब्रालाई सफलता पूर्वक उद्धार गरे । उक्त विशाल किङ कोब्रा गाउँमा देखा परेपछि स्थानीय मानिसहरू भयभीत बनेका थिए। वन कर्मीहरूद्वारा उक्त कोबरालाई उद्धार गरेपछि स्थानीयहरूले राहत सास फेरेका छन्। उद्धार गरिएको कोब्रालाई पछि एउटा जंगलमा सुरक्षित छोडिएको छ। साधुले थप जनाए अनुसार, खरसाङ रेञ्ज अन्तर्गत एक महिना भित्रमा यो तेस्रो पल्ट विशाल किङ कोबरा उद्धार गरिएको हो। एक वर्ष भित्रमा 10 वटा यस्ता विभिन्न किङ कोब्रा खरसाङ रेञ्जको विभिन्न स्थानबाट उद्धार गरिएको छ। तिनले यो पनि जनाए कि जुन प्रकारले जलवायु परिवर्तन भइरहेको छ, मधेश क्षेत्रमा वर्तमानमा अधिक गरम भइरहेको छ। यसैले किङ कोब्राहरू मधेशबाट पहाड़तिर आइरहेका छन्। तिनले कुनै पनि स्थानमा किङ कोब्रा देखिएको खण्डमा भयभीत नहुने, सचेत रहने अनि यसको जानकारी तुरुन्तै वन विभागलाई दिने पनि अपिल गरेका छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न