गायिका जुनु गौतमको दुइ भीडीओ अल्बम लोकार्पित

Share this news

चर्चित गायिका जुनु गौतमको दुइवटा भीडीओ अल्बमको लोकार्पण आइतबार गरिएको थियो। जसमा शव्दकार तथा सङ्गीतकार पीटी यल्मोद्वारा सङ्गीतवद्ध एउटा भजन र एउटा गीतको भीडीओ अल्बमको लोकार्पण गरिएको थियो। जसको संयोजन जीवन प्रकाश प्रधानले गरेका छन्। चर्चित सङ्गीतकार एवं अधिवक्ता जीवन अधिकारीको अध्यक्षतामा सालबाडीको प्रज्ञा भवनमा आयोजना गरिएको थियो। उक्त समारोहमा विशिष्ट अतिथिहरू नाटक र चलचित्रका विशिष्ट अभिनेताद्वय जीवन गुरूङ, ललित गोले, साहित्य अकादमी पुरस्कार विजेता मुक्ति उपाध्याय बराल, साहित्यकार ज्ञानेन्द्र खतिवडा, उद्घोषक र अभिनेता महेन्द्र थापा नरबीर रसाइली उपस्थित थिए। यसरी नेपाली सङ्गीत जगतका नायक, गायक सङ्गीतकार भानु रामुदामु, निर्माता-निर्देशक बिनोद विष्ट, गायक सङ्गीतकार पूजन लोहागन-अनुपमा प्रधान, गायक उत्तम अधिकारी, गायक सङ्गीतकार, अभिनेता सुनील खाती सुमित, निर्माता-निर्देशक राजु सशाङ्कर, अभिनेता टिकुम शर्मा, हिमालय दर्पणका प्रधान सम्पादक शिबु छेत्रीलगायत सङ्गीत र कलासङ्ग आवद्ध मानिसहरू उपस्थित थिए। स्वराञ्जली अकादमीको ब्यानरमा आयोजित समारोहमा रञ्जीता सुनार, प्रकाश प्रधान, शशी रसाइली, माया प्रधान रोका, आशीष खातीलगायत अन्यान्यले गीत प्रस्तुत गरेका थिए। यसै गरी कर्मा म्युजिक अकादमीका कलाकारहरूले गणेश वन्दना नृत्य गरेका थिए। उक्त समारोहमा शव्दकार तथा सङ्गीतकार पीटी यल्मोद्वारा दुइ अल्बम बनाउँदाको अनुभव बाँट्दै सबै कलाकारहरूलाई अरूको होइन आफ्नै गीत गाउने अनुरोध गरे। यसरी नै गायिका जुनु गौतमले उनलाई अघि बढाउन साथ दिने गीतकार, सङ्गीतकारहरू सबैप्रति कृतज्ञता ज्ञापन गरिन्। समारोहमा अल्बमका निर्देशक, कलाकारहरू, वाद्यवादकहरू यो कार्यक्रम सफल पार्न संयोजक देवीलाल प्रधानलगायत अन्यान्यको विशेष योगदान रहेको थियो।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न