मन्त्री अनि जोङ्गुका विधायक पिन्ट्सो नामग्याल लेप्चाले आज जोङ्गुमा नवनिर्मित सांगकालाङ पुलको उद्घाटन गरे। यो नवनिर्मित पूल सबै प्रकारका यातायातका लागि खुला छ र महत्त्वपूर्ण सम्पर्क पुनर्स्थापित गर्दछ। यसले मुख्यमन्त्री प्रेम सिंह तामाङ, मन्त्री अनि जोङ्गुका विधायक र सिक्किम सरकारसँगको समन्वयमा BRO/GREF को निरन्तर प्रयासलाई पनि प्रतिबिम्बित गर्दछ। यो पूलले जोङ्गुका बासिन्दाहरूको लागि मात्र नभई चुङथाङ, लाचेन र लाचुङ लगायत उत्तरी सिक्किमको माथिल्लो क्षेत्रहरूको लागि पनि सम्पर्क जीवन रेखाको रूपमा काम गर्दछ।
