2007 देखि 2017 सम्म गोर्खाल्याण्डको निम्ति शहिद हुने परिवारको एक सदस्यलाई नोकरी दिने घोषणा जीटीए मुख्य कार्यपाल अनित थापाले गरेका थिए। यसै घोषणा अनुरूप बुधबार चार जना शहिद परिवारका सदस्यलाई एपोइन्टमेन दिन सकेको जीटीए सूचना संस्कृति विभागका सभासद अनोश थापाले बताएका छन्।
