दार्जीलिङ,23 जुलाई(निसं): दार्जीलिङदेखि लगभग 20 किलोमिटर दुरीमा अवस्थित मेरीबोङ चियाबारी अन्तर्गत रहेका थुप्रै संस्थाहरु मध्ये एक संस्था कला, साहित्य, संस्कृति र किडाको संगम समला परिवारले गत वर्षहरुदेखी नै विभिन्न खेल-कुद कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यसै सन्दर्भमा वर्ष 2024-को अन्तर चियाबारी लातेभकुण्डो प्रतियोगिता आयोजना गरिएका थियौं जसलाई सम्पूर्ण दर्शकहरुसगैं खेलाडी सबैले खुबै प्रशंसा गरिएको थियो भनी बताउदै आयोजक संस्थाका पदाधिकारीहरुले भने अनुसार, यस वर्ष 2025-को पनि संस्था समला परिवारले भव्यताका साथ समला कप सत्र दोस्रो खुल्ला लातेभकुण्डो प्रतियोगिता आयोजना गर्न लागिएको छौं। जसमा अन्तिम फाइनल खेलका विजय दललाई एक लाख रुपैयाँ र पराजय दललाई पचास हजार रुपियाँको नगद राशी सहित आकर्षक ट्रफीद्वारा सम्मान गरिने छ। यस खेलमा प्रवेश शुल्क मात्र पाँच हजार रुपियाँ रहेको छ। इच्छुक खेलाडीहरूले अधिक जानकारी एवं आफ्नो दलको नाम दर्ता गराउन चाडै आयोजक समितिसित सम्पर्क गर्नुपर्ने आयोजक समितिले बताएको छ।
