तराईको सक्रिय साहित्यिक संस्था इबरा साहित्य प्रतिष्ठानले गत वर्षदेखि थालेको इन्द्रबहादुर राई साहित्यिक पुरस्कार गत वर्ष मिरिकका कवि नुहाङ राई(सबीर दिलपाली)लाई दिइएको थियो। दोस्रो इन्द्रबहादुर राई साहित्यिक पुरस्कारको निम्ति बुधबार प्रतिष्ठानका अध्यक्ष डा. जेम्स बिश्वको अध्यक्षतामा बसेको एक सभाले तीन सदस्यीय जुरी चयन गर्दै सन् २०२२ देखि आजसम्म छापिएको कुनै पनि बिधाको पुस्तक पठाइदिने आह्वान गरेको छ। लेखकहरूले चार प्रति पुस्तक पठाउने पर्नेछ। पुस्तक पठाउने अन्तिम मिति १ अक्टोबर २०२५ रहेको छ भने यो पुरस्कार आउँदो ३ फरवरी २०२५ को दिन इन्द्रबहादुर राई जन्मजयन्ती समारोहमा प्रदान गरिनेछ।
