सभासद कल्पना प्रधानद्वारा सार्वजनिक भवनको विधिवत् उद्घाटन

Share this news

लङ्भ्यू चियाबारी अन्तर्गत हस्पिटल लाइनमा निर्मित सार्वजनिक भवनको आइतवार विधिवत् उद्घाटन जीटीए महिला तथा शिशु विकास विभागकी कार्यकारि सभासद कल्पना प्रधानको बाहुलीबाट पूजा अर्चना गरेर तथा रिबन काटेर गरियो। जीटीएको पञ्चायत तथा ग्रामीण विकास विभागद्वारा निर्मित यस भवनको उद्धघाटन समारोहमा विभागीय अभियन्ताहरू, पञ्चायत तथा ग्रामीण विकास विभागका तोप्देन भूटिया, सह अभियन्ता सुरज थापा, सागर शर्मा, सन्तमेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, भागोप्रमो युवा शक्ति केन्द्रिय उपाध्यक्ष अनुप गदाल, पंखाबारी, अम्बटे, लङ्भ्यू समष्टि सचिव ललित प्रधान, स्थानीय पञ्चायत सदस्य सुब्रता लकान्द्री, बिमला लामा, पञ्चायत समिति सदस्य चन्द्र प्रसाद शर्मा, ठेकेदार सुरज प्रधान, उत्तम छेत्री, भागोप्रमो लङ्भ्यू ब्लक अध्यक्ष नयस लामा लगायत स्थानीय प्रतिनिधिहरू उपस्थित थिए। विनोद परियारले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्बोधन जिनोद परियारले राखेका थिए। यसै अवसरमा सभासद कल्पना प्रधान, मणिराज डुम्जन, तोप्देन भेटिया, अनुप गदाल लगायत अन्यलाई स्थानीय ग्रामवासीको पक्षबाट सम्मान जनाइयो। कार्यक्रमलाई सभासद कल्पना प्रधान, समष्टि सचिव ललित प्रधान अनि मणिराज डुम्जनले सम्बोधन गरेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान