भूमि एवं सुधार कार्यालयको उद्घाटन

Share this news

सार्वजनिक सेवा प्रवाहमा नयाँ अध्याय शुरू

कालेबुङ–१ ब्लकमा बुधबार नवीकरण” भूमि एवं भूमी सुधार कार्यालय (बीएल एण्ड एलआरओ) को औपचारिक उद्घाटन गरियो। यस कार्यालयको उद्घाटन कालिम्पोङ जिल्लाका जिल्ला अधिकारी बालासुब्रमण्यम टी द्वारा गरिएको हो, जसले समारोहको क्रममा रिबन काटी कार्यालयलाई सार्वजनिक प्रयोगका लागि खोले।

उद्घाटन कार्यक्रममा उच्च प्रशासनिक अधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो। जसमा एडीएम शेखर कुमार चौधरी, एडीएम समीरन मण्डल, अतिरिक्त जिल्ला अधिकारी सुदीप्त दास, एसडीओ सुमन मजुमदार, कालेबुङ–१ का बीडीओ समिरूल इस्लाम, पञ्चायत समिति सभापति ममता गुरूङ, तथा बीएल एण्ड एलआरओ अशोक पवल लगायत अन्य अधिकारीहरू सहभागी थिए।

उद्घाटन पश्चात जिल्ला अधिकारी बालासुब्रमण्यम टी लगायत सम्पूर्ण पदाधिकारीहरूले भवनको निरीक्षण गरे। उनले भने, “हामीले लामो समयदेखि यो कार्यालय सञ्चालन गर्ने योजना बनाउँदै आएका थियौं। अब जब सम्पूर्ण संरचना तयार भएको छ, हामी यसलाई जनताका लागि औपचारिक रूपमा खोल्न पाउँदा गर्व महसुस गरिरहेका छौँ।”
भवन भित्र आधुनिक मोडेल रेकर्ड रूम स्थापना गरिएको छ, जसले भू -अभिलेख व्यवस्थापनमा पारदर्शिता र कार्यक्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो कार्यालयमार्फत कालेबुङ–१ ब्लकका बासिन्दाले अब सिधै स्थानीयस्तरमै सरकारी भू–सम्बन्धी सेवाहरू प्राप्त गर्न सक्नेछन्। यसमा विशेषगरी जग्गा नामसारी, अभिलेख प्रमाणीकरण, पट्टा आवेदन, तथा अन्य आवश्यक सेवा समावेश छन्।
यस कार्यालयको सञ्चालनले स्थानिय प्रशासनिक सेवा प्रवाहलाई सहज, छरितो र जनमैत्री बनाउने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासनको यो पहलले जनताको पहुँचमा सुधार ल्याउने मात्र नभइ, शासनमा पारदर्शिता र सेवा प्रदान गर्ने प्रक्रियामा उत्तरदायित्व बढाउने विश्वास गरिएको छ।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार