रंगबुल धोतरिया रङमुक समष्टिअन्तर्गत धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उदघाटन गरिएको छ।गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जीलिङ अभियान्त्रिकी विभागद्वारा निर्माण गरिएको धोतरिया चियाबारी ‘निज गाउँ सार्वजनिक भवनको उदघाटन क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट सम्पन्न गरिएको छ। उक्त सार्वजनिक भवनलाई आजदेखि नै निज गाउँ ग्राम युवा संघ धोतरियालाई सुम्पिएको छ। यो उदघाटन समारोहमा मुख्य अतिथिको रुपमा उपस्थित राजेस चौहानलगायत विभागीय अभियन्ताहरु, पञ्चायत प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्य जीवन प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।
