IGJF will meet with all political parties

आइजीजेएफले सबै राजनैतिक दल, संघ संस्थाहरूसंग भेट गर्ने

Share this news

“इन्टरलोक्युटर समक्ष हामी सबैको एउटै आवाज हुन पर्ने इण्डियन गोर्खा जनशक्ति फ्रण्टका सदस्य कमल शर्माले बताएका छन्। किनकि इन्टरलोक्युटर समक्ष सबै राजनैतिक दल, संघ संस्थाहरूको एउटै आवाज रहनु पर्छ भन्ने इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आहवान गरेको छ। पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन समस्यालाई समाधानको मार्ग निकाल्न भारत सरकारले पूर्व आइपीएस अधिकारी पंकज कुमार सिंहलाई इन्टरलोक्युटर नियुक्ति गरी सकेको छ। पहाड तराई डुवर्स तथा गोर्खाहरूको समस्या बुझ्न इन्टरलोक्युटर सिंह चाँडै पहाड तराई डुवर्स आउने भएका छन् अनि यहाँको राजनैतिक दलहरूदेखि लिएर संघ संस्थाहरूसंग भेटेर कुराकानी गर्ने भएका छन्। इन्टरलोक्युटरलाई वा इन्टरलोक्युटर समक्ष हामी सबै राजनैतिक दलहरू तथा संघ संस्थाहरूको एउटै अवधारण हुन पर्छ भन्ने विषयलाई ध्यानमा राख्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पूर्व आइपीएस अधिकारी नर्बु छिरिङ, पूर्व सभासद प्रकाश गुरूङ, कमल शर्मा र फिन्जो वाङगेल गुरूङ यी चार जनाको टीम तयार गरेको छ। यी चार जनाको टीमले सबै राजनैतिक दलहरूसंग संगै संघ संस्था साथै बुद्धिजीविहरूसंग भेटेर इन्टरलोक्युटर बंगालदेखि बाहिर, भारतभित्र छुट्टै ब्यवस्था हुन पर्छ भन्ने एउटै स्वरमा राख्न पर्छ भन्ने विषयमा जोर दिनेछ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो अडान अघिबाटै स्पष्ट गरिसकेको छ। बंगालदेखि बाहिर भारतभित्र गोर्खाहरूको अलग राज्य हुन पर्छ अनि इन्टरलोक्युटर समक्ष हामी यही कुरा स्पष्टसंग राख्ने छौं, चानचुने ब्यवस्थामा हामी जानु हुँदैन, यस पटक हामीले राम्रो अवसर पाएका छौं अनि यो अवसरलाई हामीले गुमाउन हुँदैन भन्ने हाम्रो अडान छ अनि यो अडानलाई पार्टीले अघिबाटै घोषणा पनि गरिसकेको छ। पहाड तराई डुवर्स आदि क्षेत्रहरूमा विभिन्न राजनैतिक पार्टी तथा संघ सस्थाको गठन गरेर अलग राज्य गोर्खाल्याण्ड गठनको निम्ति उनीहरूले अभियान चलाइरहेका छन्, ती सबै तथा हामी सबैको एउटै आवाज हुन पर्छ भन्ने हाम्रो अवधारना छ। हामी सबै राजनैतिक दलहरू अनि संघ संस्थाहरूसंग भेटेर कुराकानी गर्ने छौं अनि एउटै आवाजको निम्ति अनुरोध पनि गर्ने छौं। हामी सबैले इन्टरलोक्युटर समक्ष एउटै कुरा राख्न पर्छ साथै एउटै आवाज बन्न पर्छ भन्ने हाम्रो अनुरोध रहेको छ। सन्1986 को आन्दोलनको क्रममा पनि भारत सरकारले इन्टरलोक्युटर नियुक्ति गरेको थियो भन्ने हामीले सुनेका थियौं, तर त्यस समय एउटै पार्टीको दबदबा रहेको हुनाले इन्टरलोक्युटरको विषय जनताले स्पष्टसंग सुन्ने र जान्ने अवसर पाएनन्, विगतको आन्दोलनमा पनि त्यस्तै भएका थिए तर तर विगतको तुलनामा अहिले पहाड तराई डुवर्सको राजनैतिक पृष्ठ भूमि छुटटै छ। धेरै राजनैतिक दलहरूसंगै धेरै संघ संस्थाहरू छन्, यी राजनैतिक पार्टी साथै संघ संस्थाहरूले निःस्वर्थ भावले जाति र जातीया उन्मुक्तिको निम्ति काम गर्दै आएका छन्। यी निःस्वार्थ भावमा काम गर्दै आएका राजनैतिक पार्टी तथा संघ संस्थाहरूलाई समेटेर लैजान पर्छ भन्ने आइजीजेएफको सोच रहेको छ। हामीले सबैको भावनालाई कदर गर्नु पर्छ, सम्मान गर्नु पर्छ। यदि नगरेको खण्डमा विगतमा जस्तै हामी फेरि पछाडिने छौं, जब हामी एकवद्ध हुन्छौं तब हामी सफल भएको थुप्रै तथ्यहरू छन्। भाषाको आन्दोलनमा पनि हामी एकवद्ध भएका थियौं, त्यसरी नै 2007 मा छैटौं अनुसूचिलाई रोक्न हामी सबै एकवद्ध भएका थियौं अनि दिल्लीमा सांसदीय समिति अघि उभाउँदा छैटौं अनुसूचि रोक्ने अभियान सफल भएको थियो। आज फेरि हामी एकवद्ध बन्ने साथै एउटै आवाजमा दीर्घकालीन समस्या इन्टरलोक्युटर समक्ष राख्ने समय आएको छ।

 


Share this news
आजको रोजाइ

दोयाक “द ओपन स्टोन भिलेज म्युजियम” ग्रामीण पर्यटन

नयाँ पुस्ताका फूटबलरहरूलाई उज्यालो बाटो खोल्दै नादोङ भुटिया

नयाँ पुस्ताका फूटबलरहरूलाई उज्यालो बाटो खोल्दै नादोङ भुटिया

शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने

शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने

आइजीजेएफले सबै राजनैतिक दल, संघ संस्थाहरूसंग भेट गर्ने

आइजीजेएफले सबै राजनैतिक दल, संघ संस्थाहरूसंग भेट गर्ने

भारतीय गोर्खालाई व्यवस्था होइन, आफ्नै पुर्ख्यौली भूमि (माटो) चाहियो

सिटिजन एक्शन पार्टीको केन्द्रीय कार्यकारी परिषदको बैठक सम्पन्न

सिटिजन एक्शन पार्टीको केन्द्रीय कार्यकारी परिषदको बैठक सम्पन्न

सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन

सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

आजको रोजाइ