इण्डियन गाेर्खा जनशक्ति फ्रण्ट मिरिक संयाेजक प्रशान्त लामाकाे टाेली थर्बु नन्दलाल गाउँमा रहेकाे राहत शिविरमा पुगेर पीडित पाँच परिवारलाई ताेसक, सिरानी अनि अन्य सामाग्री प्रदान गरेकाे छ। पैह्राे पीडितहरूकाे अभाव अनुसारकाे सामग्री प्रदान गरेर सहयाेग गरेको जनाउँदै प्रशान्त लामाले आपदाकाे क्षणमा पीडितहरूलाई सबै मिलेर सहयाेग गर्नुपर्ने बताए। तिनले अन्य ठाउँमा पनि आफू पुगेर पीडितहरूलाई सहयाेग गरिरहेकाे बताए।
