भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचौ स्थापना दिवस आगमी ०९ सेप्टेम्बर २०२५ मङ्पु जन मैदानमा भव्य रूपमा पालन गरिने भएको छ। यसै सन्दर्भ हिजो खरसाङ पार्टी कार्यालयमा महकुमा समितिको सभा सम्पन्न भयो। जुन सभामा स्थापना दिवसलाई सफल पार्न खरसाङ समितिले कस्तो भूमिका निभाउन सक्छ, यसबारेमा छलफल भएको थियो।
