हरेक घरमा लाहुरे जन्मनु पर्छ भन्ने ध्येयले मिरिकमा गत धेरै वर्षदेखि कार्य गरिरहेको संस्था हो घर घर लाहुरे, बिशेष भारतीय सेना, अर्ध सेना बलमा स्थानीय युवाहरुलाई भर्ना गराउनको निम्ति संस्थाले युवाहरुलाई शारीरिक अनि बौद्धिक रुपमा तयार गर्ने गरेको छ। संस्थाले यति मात्रै होइन तर युवाहरुलाई आफ्नो समाज, परिवेश बुझाउनको निम्ति धेरै सामाजिक कार्यक्रमहरुमा यी युवाहरुको सक्रिय भूमिका पाउँछौं। यस्तो दशैंले संकेत दिइसकेको अवस्थामा हाल घरघर लाहुरेसित संलग्न रहेका युवाहरुले मिरिकदेखि दार्जीलिङ जाने मूल सडकको सफाइगरिरहेका छन्। संस्थाका निदेशक अननेरी कप्तान सुनिल तामाङको निर्देशनमा पचासभन्दा धेर युवाहरु दैनिक तालिमपछि सफाइ अभियानमा जुटेका छन्। तामाङले युवाहरुलाई समाजप्रति उत्तरदायी बनाउन जरुरी रहेको बताएका छन्। उनले बताए अनुसार यस सफाइ अभियानले केवल स्वच्छता मात्रै निर्दिष्ट गर्दैन तर युवाहरुमा आफ्नो संस्कार संस्कृति चाड पर्वप्रति उत्सुक हुन सिकाउने छ।
