जवान उमेरमै हृदयाघात
नयॉं दिल्लीमा ३० को दशकमा रहेका राहुल श्रीवास्तव आफ्नो करिअरको उत्कर्षमा थिए, डेडलाइन, लेट-नाइट मिटिङ, र द्रुत गतिमा चलिरहेको जीवनशैली| तर एक सॉंझ, छातीमा अचानक आएको तीव्र पीड़ाले तिनको जीवन पुरै परिवर्तन गरिदियो| अस्पताल पुर्याउँदा थाहा भयो उनी हृदयाघात (हार्ट अट्याक) भोगिरहेका थिए| बुढ्यौलीमा हुने मानिएको हृदयाघात अहिले जवानमा झन् बढ़ी देखिन थालेको छ|
५०% हृदयाघातको घटना ४० वर्ष मुनिका व्यक्तिमा
डॉ. रवि प्रकाश, वरिष्ठ कार्डियोलोजी विशेषज्ञ अनुसार, २०२० देखि २०२३ को बिचमा संकलित डाटाले देखाउँछ कि भारतभरिका अस्पतालहरूमा ५०% हार्ट अट्याकका बिरामीहरू ४० वर्ष मुनिका थिए| चिकित्सकहरू यस आकस्मिक वृद्धिले चिन्तित छन्| यस अवस्थाको मुख्य कारणहरूमा निस्क्रिय जीवनशैली, तनाव, अस्वस्थ खाना, धूम्रपान, मद्यपान, र अनुवांशिकता रहेका छन्| कोभिडपछि ६०% ले बढ्यो आपतकालीन केसहरू
दिल्लीस्थित आकास हेल्थकेयरको पॉंच वर्षे अध्यनले कोभिडपछि हृदयाघातका केसहरू दोब्बर भएको देखाएको छ| ७६२ केसहरूलाई महामारीअघि, महामारीको समयमा र महामारीपछि तीन चरणमा विश्लेषण गरिएको थियो|
पहिले ५०-६० वर्षको उमेरमा मात्र देखिने हृदयाघात अब ३० को दशकमा नै प्राणघातक रूपमा देखिन थालेको छ| चिकित्सकहरूका अनुसार यो परिवर्तन निकै चिन्ताजनक हो| यद्यपि, सबै अचानक मृत्युहरू हार्ट अट्याकका कारण नहुन सक्छन्| धेरैजसो एरिथ्मिया (अनियमित हृदयगति) जस्ता कारणहरूले पनि यस्ता घटनाहरू घट्न सक्छन्|
हामीले खेलकुद, जिम वा स्टेज कार्यक्रममा पनि युवा ढलेको देखेका छौं| यस्ता घटनाहरू प्राय एरिथ्मियाको कारण हुन्छन्, डॉ. प्रकाशले बताए|
जीवनशैलीमा तीव्र परिवर्तन
भारत र अन्य दक्षिण एशियाली मुलुकहरूमा अनुवांशिक जोखिम त छँदैछ, तर पछिल्लो केही वर्षमा जीवनशैलीको गिरावटले थप समस्या निम्त्याएको छ| डॉ. प्रकाशका अनुसार, धूम्रपान अहिले स्कुले बालबालिकामाझ पनि आम भइसकेको छ, खासगरी किशोरीहरूमा| प्रशोधित खाना, बढ़ी चिनी, बढ़ी नुन, मोटोपना, तनाव र निद्राको कमी प्रमुख कारण हुन्|
कार्यजीवन असन्तुलनको प्रभाव
लामो कार्यघण्टा, रोजगारीको अस्थिरता, तनाव र विश्रामको अभावले कार्यरत वर्गमा हृदयघातको जोखिम ब़ढ़ीरहेको छ|
डॉ. जितेन्द्रनाथ पटनायक (मणिपाल अस्पताल, भुवनेश्वर) भन्छन्, १२ घण्टाभन्दा बढ़ी काम गर्ने कर्मचारीमा हृदयघातको जोखिम दोब्बर हुन्छ| कार्यस्थलमा मानसिक तनावले दीर्घकालीन रोग निम्त्याउँछ|
कोभिड१९ र हृदय समस्याको सम्बन्ध
नेशनल इन्स्टिच्युट्स अफ हेल्थ द्वारा गरिएको अध्यनले कोभिड संक्रमितहरूमा हृदयाघात, स्ट्रोक र मृत्युको जोखिम दोब्बर भएको देखाएको छ| अस्पतालमा भर्ना भएका केसहरूमा यो जोखिम चार गुणा बढ़ी देखिएको छ|
मद्दपान र ह्रदय स्वास्थ्य
डॉ. चिराग डीका अनुसार, मद्यपानले रक्तचाप बढाउँछ, हृदयको गति गड़बड़ गराउँछ, नशा बन्द गराउँछ र पोषक तत्वहरू जस्तै भिटामिन बी१, म्याग्नेसियम र फोलिक एसिडको कमी गराउँछ|
समयसँगै यसले हृदय मांसपेशीलाई कमजोर बनाउँछ र अचानक हृदयघात निम्त्याउन सक्छ|
खानपानका बानी र जोखिम
डाइटले सिधै हृदयघातमा असर पार्दछ| प्रशोधित, तारेको खाना, र चिल्लो चीजहरू जस्तै बटर आदिको अत्यधिक सेवनले रक्तचाप र कोलेस्ट्रोल बढाउँछ|
डॉ. अशोक कुमार भन्छन्, जस्तो खाना, त्यस्तै स्वास्थ्य| सेतो रोटी, मिठाई, फ्राइड खाना र चिनीले भरिएको पेयपदार्थ अत्यधिक जोखिमपूर्ण हुन्छ|
र के गर्न सकिन्छ?
डॉ. पटनायक भन्छन्, कामजीवन सन्तुलन, नियमित स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य सहयोग, र कार्यस्थल सुधारमार्फत यस समस्यालाई न्यूनीकरण गर्न सकिन्छ|
सरकारले कामको समय सीमित गर्ने, नोकरी सुरक्षित बनाउने, र कार्यस्थलमा स्वास्थ्यको प्रवर्द्धन गर्ने नीतिहरू ल्याउनु आवश्यक छ|
निष्कर्ष: सानो परिवर्तन, ठूलो लाभ
डॉ. प्रकाश भन्छन्, अनुवांशिकता एउटा कारण हुन सक्छ, तर जीवनशैली मुख्य कारक हो| आजको सानो सुधारले भोलिको ठूलो संकट टार्न सक्छ|