हाम्रो स्वाभिमान ट्र्स्ट, पतञ्जली योगपीठ, हरिद्वारको तत्वावधानमा हरितालिका पालन गरिने जानकारी प्राप्त भएको छ। आगामी २६ अगस्टको दिन दिल्लीको यमुना एक्सप्रेस, कडकडडुमा मेट्रो स्टेशन छेउ, सूरजमल बिहारमा हरितालिका तीज भव्यरुपमा आयोजन गरिएको छ। यसमा सबैलाई उपस्थितिको अनुरोध गरिएको छ।
उक्त पर्वको उपलक्ष्यमा नेपाली लोकसंगीतका प्रतिभा प्रकाश सपुत र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नृत्याङ्गना नितिका क्षेत्रीसँगै मनोरञ्जन, सांस्कृतिक प्रस्तुति र रमाइलोको दिन हुने आयोजकका संयोजक घनश्याम शर्माले जानकारी दिएका छन्।