विगत ६० कै दशकदेखि नेपाली साहित्यमा योगदान पुर्यााउँदै आएकी पाठकप्रिय साहित्यकार उर्मिला घिसिङ शुक्रबार पञ्चतत्वमा विलीन भइन्। श्रीमती घिसिङले बुधबार साँझ ६ बजरे ५५ मिनटमा अन्तिम श्वास फेरिन् भने शुक्रबार उनको अन्तिम शव यात्रा निकालिएको थियो। उनको निधनसँगै नेपाली साहित्यले एक प्रतिभाशाली र क्रियाशील लेखकलाई गुमाएको छ।
सरल, शान्त उर्मिला घिसिङ बहुआयामिक लेखनमा सक्रिय थिइन् नाटक,कथा, कविता, निबन्धदेखि लिएर समसामयिक विषयमा कलम चलाउँदै आइरहेकी थिइन्।उनको सिर्जनाहरूमा महिला चेतना, सामाजिक विसंगति, जातीय पहिचान र मानवीय संवेदनाहरू झल्किन्थे। सरल भाषा, सशक्त अभिव्यक्तिले उनलाई पाठकमाझ लोकप्रिय बनाएको थियो। उनको योगदान केवल साहित्यमा मात्रै सीमित थिएन। उनी दीर्घकालीन शिक्षिकाको पेशाबाट अवकाशको जीवन बिताइरहेकी थिइन् भने सामाजिक सहकार्य, सेवामुलक मानवीय कर्म र भाषा–संस्कृतिको संरक्षणमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ। उनको अन्त्येष्टि आगामी 12 अगस्त मङ्गलबारको दिन राखिएको जानकारी पाइएको छ।
