भारतीय गोर्खा परिसंघ धर्मशालाद्वारा भाषा दिवस पालन

Share this news

भारतीय गोर्खा परिसंघ धर्मशाला (हिमाचल प्रदेश) को तत्वावधानमा ३४औं नेपाली भाषा मान्यता दिवस धर्मशालामा खुबै हषोल्लासको साथ पालन गरियो। उक्त समारोहको अध्यक्षता ‘भागोप’ हिमाचल प्रदेशका अध्यक्ष सुर्य थापाले गरेका थिए भने मुख्य अतिथिको रुपमा भागोपका राष्ट्रिय उपाध्यक्ष यम प्रसाद घिमिरे उपस्थित थिए। यसै गरी विशिष्ट अतिथि भागोप जोन IV का महासचिव गोविन्द पन्थी र अन्यान्यको उपस्थिति रहेको थियो। यस अवसरमा भाषा आन्दोलनमा भाग लिने साहित्यकारहरूलाई ‘याद’ र सम्मानित गरियो। कार्यक्रममा प्रमुख अतिथिलगायत अन्य वक्ताहरूले नेपाली भाषा मान्यताको लागि गरिएको आन्दोलनको बारेमा गहन वक्तव्य राखेका थिए। क्रमशः स्कूलका नानीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। समारोहमा हिमाचल एवं पंजाब गोर्खा एसोसिएसनका अध्यक्ष रविन्द्रसिंह राणा, गोर्खा विकाश परिषदका अध्यक्ष क्याप्टन ओमबहादुर गुरुङ, क्याप्टन सखना थापा, क्याप्टन हेमन्त कुमार आले, सुनील राणा, लैफ्टनेन्ट इन्द्रसिंह थापालगायत गोर्खा समुदायका सदस्यहरू को बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रम ऐतिहासिक भएको भागोप कालेबुङ क्षेत्रीय समितिका पूर्व युवा अध्यक्ष योगेश थापाले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान