Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

जीटीएले सुंगुर पालनमा युवाहरूलाई प्रोत्साहन दिने

Share this news

गोर्खाल्याण्ड टेरियोटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) द्वारा बेरोजगार युवाहरुलाई स्वरोजगारको माध्यम दिलाउन व्यवसायिक सुंगुर पालन बारे निःशुल्क प्रशिक्षण दिइने भएको छ। हाल पहाडमा युवाहरुको एउटै गुनासो उठिरहेको छ। त्यो हो पहाडमा कुनै कुराको ब्यवस्थापन छैन। बेरोजगारपनको बहानामा हजारौं युवाहरु पहाडबाट पलायन भई कोही खाडी मुलुकतिर त कोही भारतकै अन्य राज्यहरूमा गएर अस्थायी नोकरी गरिरहेको अवस्था छ। अर्कोतिर हेर्नु हो भने यसको ठीक विपरीत दार्जीलिङ पहाडमा अन्य राज्यहरूको हजारौं व्यक्तिहरु आएर हाम्रै ठाउँमा साना तिना व्यापार वाणिज्य चलाएर सालनी लाखौं रुपियाँ कमाइरहेको जीटिए प्रमुख जन सम्पर्क अधिकारी एसपी शर्माले अघि बताए। शर्माले भने, यी सबै विषयलाई धेरै नजिकबाट समीक्षा गरिरहेको छ। शर्माले भने, युवाहरुले केवल सरकारी नोकरीको मात्र अपेक्षा नराखी विभिन्न स्वरोजगारको माध्यमहरु अप्नाए हाम्रै ठाउँमा ती प्रशस्त सम्भावनाको मार्गहरु, जसको अनुसार यहाँका युवाहरुले बेरोजगारीको बहानामा पलायन हुन पर्दैन। उनले भने, पहाडमा युवाहरुलाई स्ववालम्बी बनाउन सुंगुर पालन एउटा उचित विकल्प बन्न सक्छ। किनभने मार्केट- मा जहिले पनि संगुरको मासुको डिमाण्ड धेरै छ। दार्जीलिङ पहाडमा अहिले सुंगुरको निर्यात बाहिरबाट भइरहेको छ। बजारमा जुन सुंगुरको मासुको डिमाण्ड छ, त्यसको पूरा पहाडको स्थानीय सुंगुर पालकहरुबाट हुन सकिरहेको छैन । तसर्थ हामीले यी बिषयहरु माथि गम्भीर रुपमा अध्ययन अनि समिक्षा गरेपछि यो निष्कर्षमा पुग्यौं, पहाडमा संगुर पालनको व्यवसाय अति उत्तम रुपमा फस्टिने ब्यापक सम्भावना रहेको छ।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या