गोर्खा जनमुक्ति मोर्चाले धारावाहिक रूपमा चलाइरहेको समष्टि अन्तर्गत कर्मी सभालाई निरन्तरता दिंदै आइतबार पेशोक सार्वजनिक भवनमा तकलिङ पेशोक समष्टिलाई लिएर कर्मी सभा सम्पन्न गरियो।
मोर्चा अध्यक्ष बिमल गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको उक्त सभामा तकलिङ पेशोक समष्टि अन्तर्गतका धेरै पुरानो मोर्चा समर्थकहरूको साथमा छुट्टै जोश अनि फेरि नयाँ हौसला लिएर वर्तमान पींडीको पनि उपस्थिति रहेको थियो। सभामा युवा मोर्चाको तर्फबाट अध्यक्ष नोमन राईले आफ्नो वक्तव्य राख्दै भारतको केन्द्र सरकारको पक्षबाट गृहमन्त्रीले राखेको गोर्खाल्याण्ड प्रादेशिक क्षेत्रको प्रस्तावलाई स्वीकार गरेर जनताअघि राख्ने स्पष्ट भनाइ राखे अनि यसपाली गोर्खा जनमुक्ति मोर्चाको १९ औं स्थापना दिवस समारोह भब्यताको साथमा मनाउनको निम्ति अगावै दार्जीलिङ नगरपालिका, दार्जीलिङ पुलिस प्रशासन, दार्जीलिङ ट्राफिक ब्यवस्थापक, दार्जीलिङ जिल्ला अधिकारी सबै सबैलाई पत्रचार गरिसकेको कुराको जानकारी राईले दिए।
