गोर्खा युथ क्लब, पठानकोट माननीय कार्य गर्न सक्रिय

Share this news

गोर्खा युथ क्लब, पठानकोटले गोर्खे पहलवान देव थापालाई सम्मान जनाएको छ। आफ्नो समुदायको लागि विशेष कार्य गरिरहेको छ। यो क्लबले विशेष गरी रोगी-विरामीहरूलाई उपचारको लागि सहयोग गर्दै आइरहेको छ। यसले भर्खरै जम्मु-कश्मीरको तवी नदीमा बाडी आउँदा राहत सामग्री वितरण गरेर निकै चर्चा बटुलेको थियो। उक्त नदीको किनारमा रहेका सत्तर घर-परिवार प्रभावित हुँदा उनीहरूलाई चामल, आटा, दाल, तेल, तरकारी, लुगाफाटा वितरण गरेको थियो।
20-1-22 मा स्थापित गोर्खा युथ क्लब स्थापनाकालमा कम सदस्यहरूबाट सामाजिक कार्य थालेको थियो। उनीहरूको मानव उपकारी कार्य देखेर बिस्तारै मानिसहरू जोडिंदै गए। वर्तमान यसको कार्यसमितिमा अध्यक्ष समिता मगर, उपाध्यक्ष सोनु ठकुरी मल्ल, सचिव गौरव कौशल, कोषाध्यक्ष मणिप्रसाद लिम्बू बिट्टु, सह कोषाध्यक्ष बबीता लिम्बू, जनसम्पर्क अधिकारी इन्द्र गुरूङ रहेका छन्। सदस्यहरूमा सोनिया कृष्णमा राणा, अञ्जलि गुड्डु राणा, स्वास्तिका राणा लगायत अन्य  रहेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान